काठमाडौँ महानगरद्वारा लक्ष्यको ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरद्वारा लक्ष्यको ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन 


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनामा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख राजश्व उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ मात्रै उठाएको हो ।

महानगरको राजस्व विभागका अनुसार महानगरले सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठाएको छ । मनोरञ्जन करमा ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले १ सय ८१ प्रतिशत अर्थात् ९० लाख भन्दा धेरै राजस्व उठाएको हो ।

महानगरले रकमको आधारमा सबैभन्दा धेरै कर घर बहाल कर उठाएको छ । महानगरले २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको घर बहाल करमा ८ महिनामा १ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको हो । जुन महानगरले उठाएको सबैभन्दा धेरै रकम हो । महानगरले सम्पत्ति करमा चालु आवमा १ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ६५ करोड रुपैयाँ उठाएको छ ।

यस्तै महानगरले नक्सापास दस्तुरबाट ४१ करोड रुपैयाँ उठाएको छ । यो शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस