जसपाको विधान मस्यौदा तयार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाको विधान मस्यौदा तयार


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विधान मस्यौदा तयार पारेको छ ।

जसपाको कार्यकारिणी समितिको पुस १८ र १९ गते बसेको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो ।

मस्यौदा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका सदस्यका साथसाथै जन वर्गीय संगठनका सदस्यहरूलाई समेत आवश्यक सुझावका लागि पठाइएको छ ।

समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाले जानकारी दिएको छ । उक्त मस्यौदा बुधवार पार्टीका मातहत निकायलाई पठाएको बताइएको छ ।

जसपाले विधानको प्रारम्भिक मस्यौदामाथि अध्ययन, अन्तरक्रिया र छलफल गरी चैत १५ गतेसम्म सात वटै प्रदेशहरूमा प्रदेश स्तरीय कार्यक्रम गरी सुझाव पठाउनका निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस