काँग्रेसद्वारा राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद ज्ञापन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसद्वारा राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद ज्ञापन


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले गत फागुन २५ गते पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार रहेका रामचन्द्र पौडेललाई मतदान गरी विजयी गराउने दलहरू र सांसदहरूलाई धन्यवाद दिएको छ।

आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति बनेकोमा पौडेललाई बधाई तथा शुभकामनासमेत दिएको छ।

राष्ट्रपति भएपछि पौडेलले काँग्रेसबाट अलग भएको घोषणा गरेका थिए भने साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस