हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३-००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस