उपप्रमुख डङ्गोलको नेतृत्वमा उपत्यका उपप्रमुख सञ्जाल गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपप्रमुख डङ्गोलको नेतृत्वमा उपत्यका उपप्रमुख सञ्जाल गठन


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा ‘उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । मङ्गलवार भएको उपत्यकाका नगरपालिकाका उपप्रमुखहरूको बैठकले सञ्जाल गठन गरेको हो ।

उपप्रमुखहरूको कामको विषयमा छलफल गर्न, काममा एकरूपता ल्याउन, साझा सवालमा सहकार्य र समन्वय गर्न सञ्जाल गठन गरेको डङ्गोलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

‘एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरूको कार्य सम्पादनमा एकरूपता ल्याउन सञ्जालको महत्त्वपूर्ण भूमिका हुने भएर हामीले गठन गरेका हौँ,’ डङ्गोलको भनेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस