मुख्य सचिवको बैरागीको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुख्य सचिवको बैरागीको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सरकारले प्रशासनिक समन्वय परिषद् गठन गरेको छ । मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरीएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयबाट परिषद् गठन भएको हो । 

मुख्य सचिवको नेतृत्वमा अर्थ सचिव, सामान्य प्रशासन सचिव, सातै प्रदेशका प्रमुख सचिव, राष्ट्रिय योजना आयोग लगायत सरोकारवाला अन्य मन्त्रालयकासहित गरी ९ सदस्यीय परिषद् गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सङ्घीयतामा प्रशासनिक पक्षलाई व्यवस्थित गर्न दिएको सुझाव कार्यान्वयन गर्न परिषद् गठन गरिएको मुख्यसचिव वैरागीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए । 

सङ्घीयता कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको र त्यसभित्रको पनि महत्त्वपूर्ण पक्ष प्रशासनिक पक्षलाई मध्यनजर गर्दै गठन गरिएको  परिषद्ले राम्रै नतिजा दिने विश्वास मुख्यसचिव वैरागीले दिलाए । 

प्रशासनिक समन्वय परिषद् आवश्यक रहेको भन्दै सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई निर्देशन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस