डोटी दुर्घटना अपडेट : हेलिकप्टर मार्फत उद्धार गरिएकी महिलाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटी दुर्घटना अपडेट : हेलिकप्टर मार्फत उद्धार गरिएकी महिलाको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार


डोटी । डोटीमा जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 

मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ बर्सिया धौली बिस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले बताए ।  

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज रिफर गरिएको थियो । उनको उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सँगै रिफर गरिएका मोटरसाइकल चालक विष्णु बोहराको उपचार भइरहेको छ ।

मङ्गलवार बिहान सिलगढी स्थित अदालत मोड नजिक भएको जिप दुर्घटनामा परि उनी सहित ६ जना घाइते भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस