राष्ट्रपति पौडेलको निजी सचिवमा अधिकारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेलको निजी सचिवमा अधिकारी


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (मङ्गलवार) अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।

पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् ।

सम्बन्धित समाचार : राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त

यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ ग्रहण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस