एक सय ५ कोरियन भिक्षु लुम्बिनीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एक सय ५ कोरियन भिक्षु लुम्बिनीमा


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । एक सय ५ कोरियन भिक्षु-भिक्षुणी लुम्बिनी आइपुगेका छन् । कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा बुद्धस्थलको एक हजार किमी पदयात्रा गर्दै उनीहरू लुम्बिनी आइपुगेका हुन् ।

भारतका बोधगया, सारनाथ र कुशीनगर लगायत तीर्थस्थलको पदयात्रा गर्दै उनीहरू बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । भिक्षु छेसुङको नेतृत्वमा रहेका कोरियाली भिक्षु-भिक्षुणी भैरहवा लुम्बिनी सडक खण्ड अन्तर्गत दानव नदीबाट पदयात्रा गर्दै मायादेवी मन्दिर पुगेका थिए । त्यहाँ उनीहरूले विश्व शान्तिका लागि प्रार्थना र मायादेवी मन्दिरमा पूजाआजा गरेका छन् । 

टोली बुधबार बिहान भारतस्थित बुद्धस्थल श्रँवस्तीका लागि पदयात्रा गर्दै जाने कार्यक्रम छ । फेब्रुअरी ९ तारिकदेखि पदयात्रा गरेका उनीहरू मार्च २३ मा कोरिया प्रस्थान गर्नेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस