राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. सिंहको भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. सिंहको भेटवार्ता


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण पूर्व एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रलाई सहयोग गर्ने क्षेत्रीय निर्देशकको प्रतिबद्धता र जोखिममा रहेका मानिसको स्वास्थ्य अवस्था सुधार सम्बन्धमा गरेको कामको सराहना गरे ।

उनले नेपाली जनताको स्वास्थ्यसम्बन्धी आवश्यकता सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकामा विश्व स्वास्थ्य सङ्गठन क्षेत्रीय कार्यालयको प्रशंसा गरेका थिए ।

यसैगरी उनले २०७२ सालको भूकम्प र त्यसपछिको कोभिड–१९ महामारीका कारण नेपालले स्वास्थ्य सङ्कट बेहोर्नु परेको कठिन समयमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उपलब्ध गराएको सहायताका लागि धन्यवाद व्यक्त गरे ।

भेटमा क्षेत्रीय निर्देशक सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि र स्वास्थ्य सरोकारका विषयमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा जनप्रतिनिधि परिचालन सम्बन्धमा भएका कार्यको प्रशंसा गर्दै विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले आगामी दिनमा पनि नेपाललाई सक्दो सहयोग गर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस