मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर


३० फाल्गुन २०७९, मंगलबार


सुर्खेत । उच्च अदालत सुर्खेतमा स्ववियु निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराएको भन्दै मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालयविरुद्ध रिट दायर गरिएको छ ।

मङ्गलवार मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाइ (मोसुम)मा अध्ययनरत ३ जना विद्यार्थीले रिट दायर गरेका हुन् ।

रिट दायर गर्नेमा मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाही रहेका छन् । मोसुममा करिब ४०० विद्यार्थीहरू अध्ययनरत छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूले आरोप लगाएका छन् ।

उनीहरूले अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस