डोटीमा जिप र मोटरसाइकल ठोक्किँदा ६ जना घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डोटीमा जिप र मोटरसाइकल ठोक्किँदा ६ जना घाइते


३० फाल्गुन २०७९, मंगलबार


डोटी । डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।

दिपायल बाट सिलगढी जाँदै गरेको सु.प्र.प.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडी एक आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दुर्घटनामा परि घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की वर्ष २९ की टङ्क कुमारी उपाध्याय, सोही वडाकी वर्ष ६५ की धौली देवी बिस्ट, वर्ष २४ की दुर्गा देवी विष्ट र डेढ वर्षीय सिर्जन बिस्ट रहेका छन् । त्यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का मोटरसाइकल चालक वर्ष ३२ का विष्णु बोहरा र बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरका वर्ष ४९ का जीर्ण बम रहेको प्रहरीले जनाएको छ ।

अहिले घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस