भरुवा बन्दुकको गोली लागेर १ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरुवा बन्दुकको गोली लागेर १ जनाको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार


सल्यान । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।

सिकार खेल्न गएका जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो ।

सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा रावत घाइते भएका थिए ।

घाइते रावतलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका रावतको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस