वीर अस्पतालका पाँच स्टाफ नर्सलाई सेवाबाट हटाइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वीर अस्पतालका पाँच स्टाफ नर्सलाई सेवाबाट हटाइयो


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत ५ जना स्टाफ नर्सलाई हटाएको छ ।

मन्त्रालयले वीर अस्पतालको कोभिड–१९ युनिफाइड शाखामा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौँ तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन् । गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को(घ) बमोजिम हटाएको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस