सूर्योदय बन्यो देशकै सर्वोत्कृष्ट नगरपालिका « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सूर्योदय बन्यो देशकै सर्वोत्कृष्ट नगरपालिका


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । इलामको सूर्योदय नगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

देशभरका २ सय ९३ नगरपालिकामध्ये सूर्योदयले सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाउन सफल भएको हो।

काठमाडौँमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेयर रणबहादुर राईलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरेका छन् । 

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्याङ्कन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्याङ्कन प्रतिवेदन तयार गरेको थियो। तीमध्ये स्थानीय आर्थिक विकासतर्फ सूर्योदयले देशका सबै नगरपालिकालाई उछिनेको हो।

नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको मेयर राईले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस