प्रधानसेनापति शर्माले भने-‘युक्रेन युद्धले सैनिकको महत्त्व बढ्यो’  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानसेनापति शर्माले भने-‘युक्रेन युद्धले सैनिकको महत्त्व बढ्यो’ 


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले शीतयुद्धपश्चात् विश्व व्यवस्थामा आएको परिवर्तन र बढिरहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्र थप व्यापक भएको बताएका छन् । 

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित सी.सं. ८ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ गर्दै प्रधानसेनापतिले रुस-युक्रेन युद्धले विश्वमा नै सैनिक शक्तिको महत्त्व बढेको पनि बताए । 

उनले दिगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको बताए ।

प्रधानसेनापति शर्माले गैर परम्परागत सुरक्षा चुनौतीहरू बढ्ने क्रममा चुनौतीहरू सामना गर्ने उपयुक्त विकल्पहरूको खोजी हुनु स्वभाविक रहेको बताए । 

नेपालको राष्ट्रिय सुरक्षाका चुनौतीहरूको सम्भावित प्रभाव अनुमान गर्दै त्यसलाई सामना गर्न राष्ट्रिय सुरक्षा नीतिको मार्गदर्शनमा जोड दिए ।

राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्त्वपूर्ण विषयहरूमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तरक्रियाको लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्र रूपमा अघि बढिरहेको उनले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस