जसपाकी प्रमिलाले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जसपाकी प्रमिलाले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमीलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्।  जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन् ।

जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि प्रमिलाले उम्मेदवारी दिएकी थिइन्। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम गरेसँगै प्रमिलाले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

उनले पार्टीकै निर्देशनमा उम्मेदवार दर्ता गराएकी थिइन् । अब गठबन्धनमा रहेको जनतम पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस