खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो पदमा नियुक्ति हुँदाको विषय बढुवा नमानिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो पदमा नियुक्ति हुँदाको विषय बढुवा नमानिने


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय कितावखानाले खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो पदमा नियुक्ति हुँदाको विषय बढुवा मान्न नसकिने भनेको छ ।

निजामती सेवामा कार्यरत कर्मचारीले कार्यरत रहेकै अवस्थामा सो भन्दा माथिल्लो तलबमान भएको निजामती सेवाकै पदमा ऐनको दफा ७ को प्रावधान अनुसार खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति पदस्थापन भएमा त्यस अवस्थालाई निजामती सेवा नियमावली, २०५०(पन्ध्रौँ संशोधन, २०७६) को नियम ९१(१) बमोजिमको व्यवस्था आकर्षित हुने वा सोही नियमावलीको नियम ९१(२) बमोजिमको व्यवस्था आकर्षित हुने भन्नेबारे देखिएको द्विविधाबारे कितावखानाले सो स्पष्ट पारेको हो ।

‘…द्विविधा भई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्देशनका माग गरिएकोमा खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो पदमा नियुक्ति हुँदाको विषय बढुवा मान्न सकिने नदेखिएको भनी मन्त्रालयको फागुन ११ को सचिव स्तरीय निर्णय भएकोले उक्त निर्णय कार्यान्वयनको लागि’ परिपत्र गरिएको छ कितावखानाले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस