‘कुर्सी ठूलो होइन, काम ठूलो हो’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘कुर्सी ठूलो होइन, काम ठूलो हो’


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् । । 

आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा मन्त्री किरातीले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण नागरिकले सजिलोसँग बुझ्नै पर्छ ।’ 

उनले मन्त्रालय नागरिकको हो भन्दै नागरिकसँग सहकार्य गर्न आफू तयार रहेको बताए । नागरिकको प्रगति नै देशको उन्नति हो भन्दै उनले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस