‘वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना छैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना छैन’


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन् । 

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी हुने सोच नरहेको बताए । ‘वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम छ,’उनले भने ।

त्यस्तै, उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए । 

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट पारे । 

Tags :
प्रतिक्रिया दिनुहोस