भ्रष्टाचार गर्ने प्रअलाई दुई वर्ष कैद सजाय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भ्रष्टाचार गर्ने प्रअलाई दुई वर्ष कैद सजाय


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । विशेष अदालतले प्रधानाध्यापक सन्तोषप्रसाद गुप्तालाई दुई वर्ष कैद र जरिवाना हुने सजाय सुनाएको छ । 

पर्साको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक गुप्ताले विद्यालय भवन र शौचालय निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले सजाय सुनाएको हो । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले आइतबार यस्तो फैसला गरेको हो । सरकारलाई हानी नोक्सानी गराइ भ्रष्टाचार गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तथा उति नै रकम बिगोबमोजिम असुलउपर र जरिवाना हुने सजाय सुनाइएको जनाइएको छ । 

गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ असार ०७७ मा मुद्दा दायर रहेको थियो । तर, उनी म्यादभित्र अदालतमा उपस्थित भएका थिएनन् । त्यसपछि एकतर्फी रूपमा यस्तो फैसला आएको विशेष स्रोतले बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस