विव्यस अध्यक्ष बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विव्यस अध्यक्ष बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । डोटीको केदारेश्वर उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले बोहरालाई दोषी ठहर गर्दै जरिवाना हुने सजाय सुनाएको हो । 

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार बोहरालाई चार लाख एक हजार रुपैयाँ रुपैयाँ बिगोबमोजिम जरिवाना हुने फैसला भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहरामाथि ५ फागुन ०७६ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले विद्यालयको रकम हिनामिना गरेको अभियोग लागेकोमा उक्त दाबी पुष्टि भएको हो । 

बोहराले जिल्ला शिक्षा कार्यालय डोटीबाट निकासा भएको ४१ लाख ५४ हजार रुपैयाँमध्ये सात लाख २९ हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको थियो । 

अख्तियारका अनुसार उनले छात्रवृत्ति र भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा चार लाख रुपैयाँ जरिवाना तिराउने फैसला भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस