आयोगको निर्णयको स्वागत गर्दै जसपाले भन्यो-प्रमीलाको उम्मेदवारी फिर्ता गर्छौ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आयोगको निर्णयको स्वागत गर्दै जसपाले भन्यो-प्रमीलाको उम्मेदवारी फिर्ता गर्छौ


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज नहुने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।

पार्टीका नेता एवं सांसद प्रदीप यादवले आयोगले संविधानसम्मत निर्णय गरेको भन्दै निर्णय स्वागतयोग्य भएको बताए ।

जसपाले उपराष्ट्रपतिका लागि दिइएको प्रमीला यादवको उम्मेदवारी फिर्ता गरिनेसमेत जानकारी दिए ।

“निर्वाचन आयोगले संविधानसम्मत निर्णय गरेको छ र यो स्वागतयोग्य छ,” उनले भने, “अर्को उम्मेदवारी फिर्ताबारे निर्णय गर्छौँ ।”

यादवको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । 

सम्बन्धित समाचार  : उपराष्ट्रपति उम्मेदवार रामसहायको उम्मेदवारी कायम रहने

Tags :
प्रतिक्रिया दिनुहोस