जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

जुम्लाको तिला गाउँपालिका-४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नी २१ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

श्रीमान् आइतेले कुटपिट गर्दा ममता बेहोस भएकी थिइन्। उक्त कुरा आइतेले प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस