प्रचण्ड डाँको छोडेर रोएका थिए : केपी ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्ड डाँको छोडेर रोएका थिए : केपी ओली


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीको महिला सङ्गठनको कार्यक्रममा उनले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको बताए ।

‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो’ उनले भने, ‘तर पहिले पार्टीमा त आउनुपर्‍यो नि, पानी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिबद्धता हुनुपर्‍यो । सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो ।’

तर माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र काँग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गरे ।

प्रचण्ड र माधव नेपाल वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भनेर लागेको ओलीले बताए । ‘प्रचण्ड त डाँको छोडेर रोएका थिए वामपन्थी राष्ट्रपति हुनै हुँदैन देश खत्तम हुन्छ भनेर’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस