सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकाङ्क्षी छन् ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस