उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बस्दै


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ८ बजेका लागि बोलाइएको छ।

बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस