हात्तीपाइलेविरुद्धको औषधि अभियान चैत १५ सम्म सञ्चालन हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हात्तीपाइलेविरुद्धको औषधि अभियान चैत १५ सम्म सञ्चालन हुने


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समयावधि बढाइने भएको छ।

औषधिको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। फागुन ११ गतेदेखि अभियान सुरु गरिएको हो।

आज नेपालगञ्जमा आयोजना गरिएको औषधि सेवन कार्यक्रमको प्रारम्भिक समीक्षा बैठकमा सरोकारवालाहरूको सुझावको आधारमा थप १५ दिन समयावधि बढाउने निर्णय गरिएको चन्दले जानकारी दिए।

सम्बन्धित वडाका जनप्रतिनिधिको अग्रसरता रहने गरी अघि बढ्ने योजनाका साथ रणनैतिक ढङ्गले अभियानलाई अझ सशक्त बनाउने निष्कर्ष बैठकले निकालेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस