पाकिस्तानी समकक्षीले दिए राष्ट्रपति पौडेललाई बधाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाकिस्तानी समकक्षीले दिए राष्ट्रपति पौडेललाई बधाई


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका समकक्षीले बधाई दिएका छन् । 

पाकिस्तानी राष्ट्रपति डा.आरिफ अल्भीले राष्ट्रपतिको आधिकारिक ट्विटर अकाउन्टमार्फत पौडेललाई बधाई दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई दिने अल्भी पहिलो समकक्षी हुन् । 

उनले बधाई सन्देशमा भनेका छन्, ‘सम्माननीय रामचन्द्र पौडेल नेपालको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल-पाकिस्तान सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न उत्साही छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस