गाउँपालिका उपाध्यक्ष भट्टमाथि कार्यकक्षमै हातपात « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गाउँपालिका उपाध्यक्ष भट्टमाथि कार्यकक्षमै हातपात


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ ।

पञ्चेश्वर गाउँपालिका-३ का दीपकबहादुर चन्दले रक्सीले मातेर शुक्रबार कार्यकक्षमा प्रवेश गरेर आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

उपाध्यक्ष भट्ट भने चन्दविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय पाटन पुगेकी छन् । गाउँपालिकामा विद्युत् विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिन लागेको बताइन् ।

भट्टले दुर्व्यवहार गर्ने चन्दलाई कारबाहीको माग गर्दै गाउँपालिका महासंघमा समेत उजुरी दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस