राष्ट्रपति पौडेलको व्यक्तिगत ट्वीटर ह्याण्डल फेरियो  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति पौडेलको व्यक्तिगत ट्वीटर ह्याण्डल फेरियो 


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको व्यक्तिगत ट्वीटर ह्याण्डल फेरिएको छ । 

यसअघि एनसीपौडेल ट्वीटर ह्याण्डल रहेका पौडेलले नेपाली काँग्रेस झल्कन नहुने भन्दै ट्वीटर ह्याण्डल फेरेका हुन् । 

अब उनको ट्वीटर ह्याण्डल आरसीपौडेलनेपाल भएको छ । राष्ट्रपतिको शपथ नलिँदासम्म उनले राष्ट्रपतिको ट्वीटर ह्याण्डल प्रेसिडेन्टआफएनपी चलाउने छैनन् । 

त्यसबाहेक राष्ट्रपति भएपछि व्यक्तिगत ट्वीटरह्याण्डल चलाउने वा नचलाउने भन्ने प्रश्न पनि उनीमाथि उठ्नेछ । पार्टी निकटहरूबाटै अब पार्टीको झल्कने गरी ट्वीटर एकाण्ट राख्न नहुने सुझावपछि पौडेलले ह्याण्डल फेरेका हुन्

Tags :
प्रतिक्रिया दिनुहोस