ट्रयाक्टर ट्रली नहरमा खस्दा १४ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्रयाक्टर ट्रली नहरमा खस्दा १४ जनाको मृत्यु


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ। ट्र्याक्टर ट्रली नहरमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार खस्दा उनीहरूको मृत्यु भएको हो । 

करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको उद्धार सेवाले जनाएको छ । 

साथै, बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।

केही यात्रुहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस