दुग्ध बोर्डको उपाध्यक्षमा पूर्व सांसद महत नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दुग्ध बोर्डको उपाध्यक्षमा पूर्व सांसद महत नियुक्त


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । गण्डकी दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्व सांसद तिलक महत नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा ११ फागुनको मन्त्रिपरिषद् बैठकले तिलबहादुर महत क्षेत्री (तिलक महत)लाई उपाध्यक्ष नियुक्त गरेको हो ।

नवलपुरबाट प्रतिनिधि सभा सदस्य भइसकेका महत मुख्यमन्त्री अधिकारीको राजनीतिक सल्लाहकार हुन लविङमा थिए । बोर्डको उपाध्यक्ष प्रदेश सरकारको सहायक मन्त्रीसरह हुने व्यवस्था छ । तर काम, कर्तव्य र अधिकार केके हुने प्रष्ट छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस