‘माओवादी छोडेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सोच्न पनि सकिँदैन’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘माओवादी छोडेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सोच्न पनि सकिँदैन’


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सोच्न पनि नसकिने बताए ।

उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहोर्‍याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे ।

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए । उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने र त्यसको केही दिनमा मात्रै सरकार बिस्तार हुने बताए । उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र काँग्रेस पनि सरकारमा सहभागी हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस