नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार)पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् ।

पौडेल बिहान ९ बजे पशुपति जाने कार्यक्रम रहेको छ । पशुपति दर्शनपछि राष्ट्रपति पौडेल सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र सङ्ग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

त्यसअघि बिहान ८ बजे पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन जान लागेका छन् ।

पौडेल बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस