नव निर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गरे बालुवाटारमा स्वागत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

 नव निर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गरे बालुवाटारमा स्वागत


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बालुवाटारमा स्वागत गरेका छन्। 

बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवासमा राष्ट्रपति पौडेललाई स्वागत गरेका हुन्। पौडेलसँगै उनकी श्रीमती सबिता पनि बालुवाटार पुगेकी हुन्। 

प्रधानमन्त्री प्रचण्डले खादा ओढाएर स्वागत गरेका हुन्। बालुवाटार पुगेर उनीहरूले फोटोशेसन समेत गरेका छन्।

बिहीबार भएको निर्वाचनबाट पौडेल निर्वाचित भएका हुन्। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उनीसँग प्रतिस्पर्धा गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस