उपचुनाव लड्ने उपेन्द्र यादवको तयारी    « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपचुनाव लड्ने उपेन्द्र यादवको तयारी   


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई फेरि उपचुनाव लड्ने बाटो खुलेका छ । 

जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै यादवलाई फेरि उपचुनाव लड्ने बाटो खुलेका हो । 

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउने गठबन्धनकै तर्फबाट उपराष्ट्रपति यादव चुनाव लड्ने भएका कारण उनी जित्ने लगभग पक्का छ । 

उनको जितसँगै रिक्त हुने बारा २ को निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव लड्न लागेका हुन् । यादव यसअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस