सुरु भयो राष्ट्रपति निर्वाचनको मतगणना  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुरु भयो राष्ट्रपति निर्वाचनको मतगणना 


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।

आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।  मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली काँग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस