प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना 


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ । 

सूचना उपलब्ध नगराएको आरोपमा अधिकृत रेणुका शाहलाई कारबाही गरिएको आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले प्रशासनलाई बताए । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

अधिकृत शाहले सप्तकोसी नगरपालिका-११ निवासी कैलाश माझीले पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको आयोगको दाबी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस