ब्याजदर घटाउँदै वाणिज्य बैंक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्याजदर घटाउँदै वाणिज्य बैंक


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् ।

आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

आगामी चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले आफूहरू ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए ।

हाल बैंकहरुले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तै गरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् ।

चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस