साँखुमा टिपरको ठक्करबाट २ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साँखुमा टिपरको ठक्करबाट २ जनाको मृत्यु


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन्।

श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन्।

बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा पुनम श्रेष्ठ घाइते छिन्। उन ग्रान्डी अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस