राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय गर्दैछ । त्यसका लागि रास्वपाले आज संसदीय दलको बैठक बोलाएको छ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले आज बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

Tags :
प्रतिक्रिया दिनुहोस