जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो । राष्ट्रपति पदको निर्वाचन आज र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस