३१.५ तोला सुनका गर-गहना चोरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३१.५ तोला सुनका गर-गहना चोरी


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-१४ बैंक रोड बस्ने सीमा श्रेष्ठको घरबाट करिब ३१ लाख ५० हजार रुपैयाँ बराबरको ३१.५ तोला सुनका विभिन्न गहना मङ्गलवार साँझ चोरी भएको छ ।

घरमा कोही नभएको अवस्थामा कोठामा रहेको दराजको साँचो खोली दराजमा रहेका गहना चोरी भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय घोराहीले हाल फरार चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस