जापानमा कार्यरत एक नेपालीको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जापानमा कार्यरत एक नेपालीको निधन


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । जापानमा कुक पेसामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयाघातका कारण निधन भएको हो । 

विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मङ्गलवार आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै खाना खाएर सुतेकामा बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । 

जापानको सिनगावा नजिकै श्रीमतीसँगै बस्दै आएका चोखालको नेपालमा एक छोरीसमेत रहेकी छन् । 

स्वर्गीय चोखालको मार्च ११ जापानमै अन्तिम संस्कार गरिने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस