हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन : रवीन्द्र मिश्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ, राष्ट्रपति होइन : रवीन्द्र मिश्र


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिका दुवै उम्मेदवार देशका लागि योग्य नभएको बताएका छन् ।

राष्ट्रपतिबारे निर्णय लिन जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिमा भोट हाल्न नहुने पक्षमा उभिएका हुन् ।

बैठकमा मिश्रको भनाइलाई उधृत गर्दै एक नेताले भने, ‘अहिले यी दुवै उम्मेदवार देशको लागि योग्य उम्मेदवार होइनन्, रिजेक्ट गर्नुपर्छ । हाम्रो पार्टीको केन्द्रमा राजसंस्था छ ।’

उनले राप्रपा सरकारमा गएकोप्रति पनि असन्तुष्टि पोखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस