गठबन्धनका धेरै शृङ्खला हेर्न बाँकी छ : झलनाथ खनाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गठबन्धनका धेरै शृङ्खला हेर्न बाँकी छ : झलनाथ खनाल


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले अहिलेको राजनीतिक समीकरण स्थायी नभएको बताएका छन् ।

बुधबार मोरङको उर्लाबारीमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपछि नै धेरै समीकरण बनेको उनले बताए । उनले आगामी दिनमा यस्ता गठबन्धनहरू धेरै बन्ने टिप्पणीसमेत गरेका छन् ।

‘मंसिर ४ गते निर्वाचन भयो। जम्मा तीन महिना भइराखेको छ। तीन महिनामा तपाईँहरूले देखिसक्नु भयो। तीन वटा समीकरण भए। पाँच वर्षको समय बाँकी छ। धेरै गठबन्धन हेर्न बाँकी छ। पख्नुहोस्,’ उनले भने ।

नेकपा एससमेत गठबन्धनमा रहेकोबारे नेता खनालले पार्टीकाबारेमा के गर्ने भन्ने बारेमा सोच्ने बताए ।

उनले पार्टीका आन्तरिक कुरामा के गर्ने/नगर्ने भन्नेबारे निर्णय लिने बताउँदै गठबन्धनका धेरै शृङ्खला हेर्न बाँकी रहेको दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस