‘नो हर्न नगर’ घोषणा गर्दै तिलोत्तमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

 ‘नो हर्न नगर’ घोषणा गर्दै तिलोत्तमा


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब ‘नो हर्न नगरपालिका’ घोषणाको तयारी गरेको छ ।

आगामी चैत १ गते पूरा हुने अभियानको १ सय औँ शृङ्खलालाई विशेष रूपले मनाउने तयारीसँगै तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो ।

तिलोत्तमाका मेयर रामकृष्ण खाँणले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सचेतना, अन्तरक्रिया, टेलिभिजन बहस कार्यक्रम, विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, नगरस्तरीय सरसफाइ र रक्तदान कार्यक्रमको तयारी गरिएको जानकारी दिए ।

यसैगरी फागुन २८ गते सामुदायिक र संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसफाइ, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोस्ट विन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाइ गरिने छ ।

शृङ्खलाको एकसयौं दिन चैत्र १ गते मूल समारोहसहित विशेष कार्यक्रम गरिने उपप्रमुख जागेश्वरदेवी चौधरीले बताइन् । मूल समारोहमा विभिन्न जातजाति तथा सांस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरूलाई सम्मान गरिने भएको छ । सोही दिन नै नगरमा कुहिने र नकुहिने फोहोर अलग-अलग उठाउने कार्यक्रमको सुरुवात गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस