मन्त्री आचार्यको घरमा चोरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री आचार्यको घरमा चोरी


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ। सन्धिखर्क नगरपालिका-१, हटारीनेटा स्थित उनको निजी निवासमा गए राती चोरी भएको हो।

लुम्बिनी प्रदेशका खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री आचार्य र उनेको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ। घरका सबै कोठाको ताल्चा फुटालेर चोरी गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो। त्यस बेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामानहरू लगेको उनीहरूको भनाई छ।

मन्त्री आचार्य प्रदेश राजधानी भालुबाङ छन् भने उनकी श्रीमती बुटवल गएकी थिइन्। घरमा कोही नभएको सुईको पाएपछि चोरले घरमा लगाएको ताल्चा तोडेर सामानहरू लगेका बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस