मतदान सकिएको चार घण्टाभित्र राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मतदान सकिएको चार घण्टाभित्र राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरिने


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार (भोलि) मतदान हुँदैछ ।

काठमाडौँको नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा मतदान हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ ।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् ।

मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयाघातका कारण मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

राष्ट्रपतिको निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ । भोलि बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनमा दुई उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । आठदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस